Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंको खाल्डा पुर्न ४ महिने म्याद

ठमाडौं । सरकार असफलताको चौतर्फी आलोचनालाई मत्थर गर्न केही थान मन्त्रीहरुको जागिर खाएर नयाँलाई प्रवेश गराएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिफल प्राप्त हुने गरी काम गर्न निर्देशन दिएका छन् । नव नियुक्त मन्त्रीहरुलाई प्रतिफल देखिने गरी काम गर्न निर्देशन दिएको हुन् । पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, काम गरे नसकिने होइन, प्रतिफल देखिनेगरी गर्नुस् । मन्त्रालयको चौमासिक समीक्षा बैठकमा आउँदा प्रष्ट कार्ययोजना ल्याउनु होला । उनले कार्यायोजनाअनुरुप काम भए नभएको हेरेर फागनुसम्ममा सबैको मूल्यांकन हुने बताए । सरकारको चौमासिक समीक्षा
उनले काठमाडौंका खाल्डा चार महिनाभित्र पुरिसक्न समेत निर्देशन दिएका छन् । पुर्नगठित मन्त्रिपरिषद्का सदस्यहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सुझाए । उनले मन्त्रालय तथा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने जनाएका थिए ।