Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंमा उच्च सतर्कता, यस्तो छ तयारी

काठमाडौं । कोरोना संक्रमणको अति जोखिम क्षेत्रमा राजधानी काठमाडौं परेपछि उच्च सतर्कता अपनाइएको छ । भने आवश्यक पर्दा लकडाउनसम्मको तयारी भइरहेको बताइएको छ । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस महामारीका रुपमा फैलन सक्ने खतरा बढेको छ । बढी जनसंख्या, मानिसहरुको बढी चहलपहल र अव्यवस्थित शहरीकरण भएकाले उपत्यकामा जोखिम बढेको हो । पछिल्लो पटक उपत्यकामा दिनहुँदा दर्जनौं संक्रमित थपिन थालेका छन् । मानिसहरुको मृत्यु भइरहेको छ । उपत्यकामा कोरोना महामारी भयावह हुनसक्ने विज्ञहरुको चेतावनी छ ।

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षित, सरुवा रोग विशेषज्ञ डा. बाबुराम महासिनी र डा. अनुप बास्तोलाले भयावह हुनसक्ने खतरा औल्याएका थिए । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि सम्भावित खतराबारे उल्लेख गरेका छन् । उनले सरकार आवश्यक तयारीका साथ शतर्क रहेको जानकारी गराएका छन् । सरकारले उपत्यकामा जोखिमलाई दृष्टिगत गरी सवारीसाधन सञ्चालनमा कडाई गर्ने, काठमाडौं उपत्यकाबाहिरबाट आउनेको विशेष चेकजाँच, पीसीआर टेष्ट बढाउनेबारे मन्त्री ढकालले बोलेका छन् । सरकारले आवश्यक परे लकडाउन गर्ने तयारी समेत रहेको छ । कोरोना फैलिएमा निश्चित स्थानहरुमा निषेधाज्ञा जारी गर्ने तयारी पनि छ । ७ साउनमा लकडाउन अन्तको घोषणा गरेको ११ दिनमै उपत्यकालगायत मुख्य शहरहरुमा लक्षणसहितको कोरोना भाइरसको संक्रमण पत्ता लाग्न थालेको छ । रोग फैलने खतरालाई दृष्टिगत गरी वीरगञ्ज, विराटनगरलगायतका शहरहरुमा लकडाउन गरिएको छ । अन्य शहरहरुमा पनि आवश्यक परे लकडाउन तथा निषेधाज्ञा जारी गर्ने तयारी भएको छ ।