Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । काठमाडौँमा प्रहरीले विभिन्न क्षेत्रमा रहेर गुण्डागर्दी गर्ने १८ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति भएको अपरेसनमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ५ र उपत्यका अपराध अनुसन्धान कार्यालयले १३ जनालाई समातेको हो । काठमाडौँको सार्वजनिक जनजीवन सुरक्षित र भयरहित बनाउने नीतिअनुसार थप अरु पनि पक्राउ पर्नसक्ने जिल्ला प्रहरी काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले बताए । प्रहरीका अनुसार, डिम्पल भनिने प्रविण तामाङलाई पक्राउ गरिएको छ । उनी श्याम लामा समूहमा सक्रिय रहेर बौद्द एरियामा गुण्डागर्दीमा संलग्न रहेको पाइएको छ । यस्तै, प्रहरीले कलंकी–बाफल एसियाबाट बिर्जु महर्जनलाई पक्राउ गरेको छ । उनी त्यहाँ गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको भनाइ छ । यस्तै, प्रहरीले कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दीमा सक्रिय सुजन कार्कीलाई पनि पक्राउ गरेको छ । प्रहरीले स्यूचाटार एरियामा गुण्डागर्दीमा सक्रिय सरु गुरागाई पनि नियन्त्रणमा लिएको छ । यस्तै, बौद्धमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा विकि लामालाई पनि पक्राउ गरेको जनाएको छ । यस्तै, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले थप १३ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल