Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजधानीमै ८०९ जनालाई कोरोना, १० जनाले ज्यान गुमाए

काठमाडौं । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको राजधानी काठमाडौंमा आइतबार काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन् । जसमा २३० महिला र ४०३ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित मोरङमा १५२ थपिएका छन् ।

यसैगरी ललितपुरमा १०४, भक्तपुरमा ७२ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आइतबार देशभर थप १५७३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५३ हजार ८९८ जना निको हुँदा सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् ।

यसैगरी आइतबार थप १० जनाको मृत्यु भएको छ भने यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । हाल देशभर २२५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमणमुक्त रहेका छन् ।