Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना संक्रमणले राजधानी आक्रान्त बन्दै जाँदा बितेको २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ गरी कुल ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौंसहित देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण भएको छ। यस्तै बितको २४ घण्टामा २ हजार ९९६ संक्रमित निको भएसँगै निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । यस्तै कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७९१ पुगेको मन्त्रालयले जनाएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल