Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं उपत्यकामा ७११ नयाँ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७११ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । २४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएका छन् । २४ घन्टाको अध्यावधिक विवरणअनुसार शुक्रबार उपत्यकामा ८ सय ५९ कोरोना संक्रमित देखिएका थिए । सोही अवधिमार ११ हजार ४ सय ५८ पीसीआर परीक्षण गरिएकामा काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको दिएको थियो ।
देशभर भने २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ४७ जना डिस्चार्ज डिस्चार्ज भएका छन् ।