Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं उपत्यकामा ९४३ संक्रमित भेटिए

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै ९४३ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो । काठमाडौं उपत्यकामा मात्रै ९४३ जनालाई कोरोना पुष्टि भयो । जसमा काठमाडौंमा ८१७,भक्तपुरमा ५८ र ललितपुरमा ६९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । जसमध्ये ५७ हजार ३८९ जना उपचारपछि निको भएका छन् । २४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन् ।


सम्बन्धित समाचार