Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं उपत्यका खानेपानी बोर्डको कार्यकारी निर्देशकमा पुन राणा

काठमाडौं। खानेपानी मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा डा. सञ्जिव विक्रम राणा पुनः नियुक्त गरेको छ । बोर्डको कार्यकारी निर्देशक छनोट सिफारिस समितिले राणासहित चार जनाको नाम सिफारिश गरेको थियो ।
बोर्डले गत चैत ६ गते सार्वजनिक सूचना जारी गरेर कार्यकारी निर्देशक माग गरेको थियो। सिफारिस समितिको ४ गतेको निर्णयअनुसार कार्यकारी निर्देशकमा राणा छनोट भएका हुन्। वैकल्पिक उमेद्वारमा अर्जुनबाबु ढकालको नाम सिफारिस गरिएको छ। बोर्डले शुक्रबार सूचना जारी गरेर सात दिनभित्र नियुक्ति पत्र बुझ्न भनेको छ। कार्यकारी निर्देशकको पदावधि पाँच वर्षको हुने छ। सिफारिस समितिले ढकाल, राणाका साथै सुदर्शन भण्डारी र सुरेशप्रसाद आचार्यको नाम पनि सिफारिस गरेको थियो। उनीहरुसँग ब्यवसायिक कार्य योजनाको प्रस्तुति र अन्तर्वार्ता गरिएको थियो। राणा खानेपानी संस्थान हुँदै काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा लामो समयसम्म कार्यरत थिए । यसअघि उनी प्रतिस्पर्धाबाटै बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भई एक कार्यकाल सफलतापूर्वक बिताएका थिए । उपत्यकाको खानेपानी व्यवस्थापनका निम्ति काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको महत्वपूर्ण जिम्मेवारी रहन्छ । बोर्डकै अधिनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड परिचालित छ ।