Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल ले सर्वसाधारणको लागि साधार सेयर आईपीओ जारी गर्ने भएको छ । पब्लिक कम्पनीको रुपमा स्थापित केयुकेएलले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर मिलनकुमार शाक्यले आईपीओ जारी गर्ने तयारी सुरु भएको बताए । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत रकम बराबरको आईपीओ जारी गर्न लागेको शाक्यले जानकारी दिए । केयुकेएलको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ ।
‘आईपीओ जारी गर्ने प्रक्रिया सुरु भएको छ कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ प्रमुख कार्यकारी अधिकृत शाक्यले भने ।
सैद्धान्तिक रुपमा आईपीओ जारी गर्ने निर्णय केयुकेएलको संचालक समितिले गरिसकेको छ । अब कम्पनीको वार्षिक साधारणसभा बोलाएर आईपीओ जारी गर्ने संचालक समितिको प्रस्तावमाथि निर्णय गर्दैछ । काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने जिम्मा पाएको केयुकेएलले सर्वसाधारणमा सेयर जारी गरेर पब्लिक संचालक भित्र्याउने तयारी गरेको हो ।
केयुकेएलमा नेपाल सरकारको २४ प्रतिशत काठमाडौ महानगरपालिकाको २४ प्रतिशत नेपाल चेम्बर अफ कमर्शको ७।२ प्रतिशत र नेपाल उद्योग बाणिज्य महासंघको ४ प्रतिशत सेयर लगानी छ । यस्तै ललितपुर चेम्बर अफ कमर्शको १।२ प्रतिशत, भक्तपुर चेम्बर अफ कमर्शको १।२ प्रतिशत र ललितपुर महानगरपालिकाको ८ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीले उपत्यकाका १६ वटा नगरपालिकाको लागि ८ प्रतिशत, कर्मचारी कल्याणकारी कोषका लागि ४ प्रतिशत केयुकेएलका कर्मचारीको लागि ५ प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर छुट्याएको छ ।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल