Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं परिसरका डीएसपी केसीको कोरोनाले लियो ज्यान

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन भएको छ । नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको बुधबार राति महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई दुइसाता अघि कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्थे।