Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं महानगरमा दलमाथि अविश्वास

काठमाडौं । जनताले पुरातन पार्टीको लुट र फट्याइँको विरुद्ध स्वतन्त्र उम्मेदवार रोज्ने र गफाडीहरूमाथि प्रहार गर्ने काम गरे । गुटवाद र परिवारवादले ग्रस्त दलका ठेकेदारहरूलाई काठमाडौं, धनगढी, जनकपुर जस्ता शहरका जनताले गिज्याए । एमालेको भष्मासुर टोलीले ५ वर्षमा काठमाडौं महानगरमा दिएको उपहार फोहोर, धुलो, दुर्गन्ध र अभावलाई प्रतिरोध गर्नै पर्ने बाध्यता खडा गरायो । उम्मेदवारले आफ्नो हैसियतको ख्याल गरेनन् । जनतालाई हेप्ने, ठग्ने, धम्क्याउने काममा एमाले अग्रपंक्तिमा रह्यो । एमाले अध्यक्ष केपी शर्मा ओली बादशाह बन्न खोज्दा छिन्नभिन्न भएको कम्युनिष्ट पंक्ति एकले अर्कोको मर्यादा नराख्दा संघीय चुनावमै बढारिएको नेपाली काँग्रेसले गुमेको शिर उठायो । काँग्रेसलाई अवसर दिने केपी ओली हुन् । उनकै दलाल र हनुमानहरूले समकक्षी दलहरूमाथि प्रहार गरेका छन् एमाले पश्चगमनवादी शक्ति राप्रपा जस्तो शक्तिसँग चुनावी गठबन्धन गरेर आफ्नो वर्चश्व बचाउन खोजेको छ । देश टुक्य्राउनेहरूलाई एमालेका केपी ओलीले काखी च्यापेका छन् । स्वार्थका लागि ओलीले जस्तो शक्तिसँग पनि गठबन्धन गर्दा उनको राष्ट्रवाद कता थन्क्यिो ?
राजधानीको फोहोरको व्यवस्थापन गर्न एमालेका गफाडी विद्या सुन्दर शाक्यले आफूले एक सय दिनमा गर्ने १०१ योजना ५ वर्षमा समेत पूरा नगर्दा जनताले मतदानमा सक्रिय भएनन् । काठमाडौंको समस्या भनेकै फोहोरको व्यवस्थापन हो । पानीको हाहाकार, सडक र ढलको बेथितिबाट जनता एमालेको अगुवाहरूसँग रुष्ट भएका हुन् । ४१ महिनासम्म सरकारमा रहँदा केपी ओलीले गफ मात्रै दिए जनतालाई कोरोना महामारीमा समेत सरकार मार्फत सहयोग गरेनन् । एमाले प्रतिको असन्तोष बढ्नुको कारण सत्ता असफलता हो । गणतन्त्रको नाउमा भोजनतन्त्रलाई अग्रता दिलाउने एमालेको भ्रष्टाचार उग्र थियो । एमालेलाई बदनाम गराउने टिम भनेकै केपी ओलीको हुँकार हो । गठबन्धन एमालेले गरेका सबै सफल छैनन् । तर सरकार पक्षको गठबन्धन सफल छ भन्ने होइन । नेतृत्व केन्द्रमा मिले पनि जिल्ला तहमा अहंकार सबैले देखाएका छन् । काँग्रेसले जताततै माओवादीलाई हेप्यो । माओवादी र एकीकृत समाजवादीले समयमा गठबन्धन मिलाएको भए नेपाली काँग्रेस झुक्न बाध्य हुन्थ्यो ।
माओवादीले काठमाडौंको राजनीतिमा आयातीतहरूलाई नेतृत्व दिएर स्थानीय कार्यकर्ता र पार्टीमाथि तानाशाहीकरण देखायो । माओवादी तेस्रो शक्ति संसदमा छ त्यो माओवादी हो । तर संगठनको वास्तविक धरातल बुझ्न नसक्दा र नेतृत्वले जनताको अभिमत, कार्यकर्ताको भावना बुझ्ने प्रयास भएन । वामपन्थी शक्ति छिन्नभिन्न नगेको भए नेपाली काँग्रेसको धरातल खस्कन्थ्यो । काँग्रेसलाई ठाउँ दिने नेकपा एमालेका केपी गुट हो । देशका ६ महानगर, ११ उपमहानगरमा गठबन्धन हुँदा नेपाली काँग्रेस कुनै पनि महागनर, उपमहानगरमा गठबन्धनप्रति विश्वस्त भएन ।
काँग्रेसलाई माओवादी र एकीकृत समाजवादीले खुलेर सघाउने तर काँग्रेसले भरतपुर र पोखरामा शंका गर्ने गरेको छ । चुनावी मतगणना र प्राप्त मतको संकेतले पनि त्यो देखायो काँग्रेसभित्र पनि घात अन्तर्घात भएकोछ । काँग्रेसमा सभापति शेरबहादुर देउवाकै अड्डामा काँग्रेसकै विद्रोहीले चुनाव जितेका छन् । केन्द्रमा बसेर गाउँको मूल्यांकन गनेै नेताहरूको अहंकारलाई नै चुनौती दिन मतदाता सफल भएका छन् । माओवादी छिन्नभिन्न भएको परिणाम पनि
चुनावमा देखियो ।