Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीति दलहरुलाई कोरोनाले छोएको छैन । अस्पतालमा अक्सिजन नभएर बिरामी मर्दा दलका नेताको नजर पर्दैन । सरकारको प्रतिनिधिको रुपमा सडकमा देखिएको सुरक्षा समूह भने यो महामारीबाट अछुटो छैन । प्राप्त जानकारी अनुसार महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका १०५ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । विभिन्न युनिटमा कार्यरत प्रहरीमा संक्रमण देखिएको हो । परिसर काठमाडौंका एसएसपी अशोक सिंहले संक्रमण देखिएका प्रहरी आइसोलेसनमा बसेको बताएका छन् । नागरिकसँग प्रत्यक्ष सहकार्य गर्नुपर्ने भएकाले प्रहरीमा संक्रमणको जोखिम बढेको हो । यसअघि, पहिलो लहरको कोरोनामा पनि सबैभन्दा बढी उपत्यकामै कार्यरत प्रहरीमा संक्रमण देखिएको थियो ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल