Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सत्तामा पुग्न राष्टबादी देखिने नेताहरुलाई पद जोगाउन भारतको चाकडी गरेर मात्र पुगेको छैन । सिमा अतिक्रमणबाट गुमेको नेपाली भुमिका बारेमा समकक्षी संग सिर ठाडो गर्ने आट पनी छैन । बरु उनिहरु भारतिय स्वार्थका योजनाहरुलाइ साथ दिन पछी पर्दैनन भन्ने कुरा काननु मन्त्री दिलेन्द्र बडुको चलित्रले छर्लङ्ग पार्दछ । हिजो ओली सरकारले चुच्चे नक्सा सहित संसद बाट साथ पाउदाको अबस्था लाई ख्याल नगर्दा पाठ्यपुस्तकमा समेटीएका बिषय निकै चर्चमा थिए ।त्यो बेला छपाइएको पुस्तक भारत रिसाउछ भनेर सार्बजनिक गरिएन । लिपुलेक र लिपियाधुरा हुदै भारतले मानसरोबर पुग्ने सडक निर्माण गर्दा नेपालका राजनिज्ञहरु बोलेका छैनन ।
भारतले सिमा नाकामा हस्तक्षेप गरिरहेको छ । नेपालको भारतको धार्चुलासंग सिमा जोडिएको छ ।दार्चुला नेपालको धार्चुला भारतको सिमा बजार हो । दार्चुलाका सांसद दिलेन्द्र बडु कानुन मन्त्री छन । उनले कालापानि,लिपुलेक,लिपियाधुरामा भएको भारतिय हस्तछेपका बारेमा बोल्दैनन ।
आफ्नो जिल्लाका शैक्षिक सस्थाहरुमा भारतिय सहयोग जुटाएर जनतालाई खुसी पार्दै आफ्नो राजनिति सफल बनाए पनि राष्टीयताको सवालमा लम्पसार परेर जस्तो सरकार त्यस्तै ब्यबहार देखाउदा खबरदारी गर्ने कस्ले ?
सिंहदरबारमा गाइने रोइलो भन्दा गृह जिल्लाको बाध्यता मन्त्रीको नाताले बुझेर हुन सक्छ । बडुले भारतिय कर्मचारीसंग भेटघाट गर्दा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा काट्दा जयसिंह धामिको मृत्युका बारेमा बोलेनन । धामिकी एकल पत्नि र दुइ नाबालकका शिक्षा कसले दिने त्यो परिवारको पिडा आफ्नै ठाउमा छ । जनताको प्रतिनिधिले जनआवाज बुझेर नेपालको भए पनि भिरपाखो जमिन भारतले कब्जा गरेकोमा चासो नदिदा भारतिय सहयोगमा निरन्तर सांसद हुने रहर मन्त्री बडुको हुनु नौलो भएन ।
काग्रेसभित्र बडु जस्ता दर्जनौ नेता भारतिय शासकहरुका दोस्ती छन् । डा. आरजु राणा यही भिडमा देखिइन । उनलाइ गत निर्बाचन अगाडी कन्चनपुरमा उमेश श्रेष्ठ, आनन्द बतास,जिपछिरिङ्ग लामा,रमेश शर्मा जस्ता ठेकेदारहरुले रु आठ करोड खर्चेर कन्चनपुरबासी बनाएको सबैलाइ थाह छ । कागे्रसको नेतृत्वले गुमेको भुमी फिर्ता गर्दैन । सत्तामा हुदा नबोले पनि नेकपा एमालेको नेतृत्व अहिले बक्तब्य प्रकासन गरेर उम्कीएर कुटनितिक तहमा बोलेन । दरिद्रताका कारण भारुमा रमाएका नेताहरुलाइ भारतियसत्तमा जुनसुकै दल आएपनि वास्ता गदैनन भन्ने कुरा बर्तमान अबस्थामा नेपाल भारत सिमा बिबदको बिसयले स्पस्ट गर्दछ । सत्तामा पुगेपछी कुर्सी जोगाउन पनि भारतको साथ चाहिन्छ भन्ने बुझेका दिलेन्द्रको शरिर र नागरिक्ता नेपाली भएपनि मन बचन र कर्ममा भारुको सेवक बन्नु नौलो हाइन । नेपाली माटोबाट भारतले कैलास सम्म सडक बिस्तार गर्दा नेपाल सरकारसंग चासो राखेन । भारतलाइ नेपालका राजनितिज्ञ दुइ जिबे्र छन भन्ने थाहा छ । यिनले सत्तामा पुग्न राष्टबादीको रोइलो गाउछन् सत्तामा पुगेपछी भारतका सामु दिलेन्द्र बडु झै लम्पसार पर्छन भन्ने कुरा माओबादी र एमालेका नेताहरुको राष्टबादी ऐलानले स्पस्ट गरेको छ । काग्रेसका बडुको के कुरा ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल