Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कानून मर्यो, अदालत हार्यो 

काठमाण्डौं । सरकार भ्रष्टाचार र बेथिती विरुद्ध खनिएको छ । मुलुकका नेताको संरक्षणमा भएका भ्रष्टाचारमा अख्तियार समेत आँट गर्न नसक्ने भएको छ । लोकतन्त्रको नाममा कानून मरेको, न्यायलय हारेको, भ्रष्टाचारीको दादागिरी चलेको बेला सरकारले नक्कली भुटानी शरणार्थीको नाउँमा भएको भ्रष्टाचार छानबिनले कुन रूप लेला शङ्का छ । भ्रष्टाचारको जड नै राजनीतिज्ञ बनेको लोकतन्त्रले दिएको उपहार नेपाल आयल निगमको जग्गा खरिदसँग जोडिएका प्रशासनिक तहका निष्कलङ्क भनिएका प्रेम राईले फाइल मुल्तबिमा राख्नु नै हो ।

आर्थिक अराजकतामाथि खवरदारी गर्ने मध्येको अख्तियार राष्ट्रिय सर्तकता केन्द्र, महालेखा परिक्षकको कार्यालय जस्ता एक दर्जन संस्था छन् । तर न्याय मरेको कानून ओइलाएको अदालत हारेको कारण भ्रष्टाचारीले जेलको हावा होइन सम्मान पाएका छन् । महालेखाको ५४औं प्रतिवेदनसम्म एनसेलको लाभकर सम्बन्धी विषय उचित थियो । आफ्नै भबन बनाउँदाको खर्चलाई चरण चरणका ठेक्का र खर्चको फस्यौट गर्दा महालेखाले समेत छर्लङ्ग बनाएको छैन । कर फस्यौट आयोग बनाएर ठूला घरानाको कल्याण गर्ने काँग्रेसी अर्थशास्त्री डा. रामशरण महत अहिले राजनीतिक रूपमै थन्केका छन् । जो भ्रष्टाचारको चर्को विरोध गर्छ । उसैले मुलुक लुटेको छ । ०५४ का महालेखा परिक्षक सुकदेव भट्टराईका अनुसार अहिले पनि रु ३ खर्व २५ अर्ब वक्यौता छ । त्यसलाई छुट दिने अर्थमन्त्रालय नै हो । भ्याट छली काण्ड कडाई नहुनु अर्थमन्त्रीले बजेट घोषणामै नेताका स्वार्थका योजनामा पठाउन अर्व का अर्व बजेट अखण्ड वनाएर राख्नु भनेकै भ्रष्टाचारको शुरुवात हो ।

एनसेल प्रकरणमा अदालत समेत आफ्ना पूर्व फैसला विरुद्ध गएको छ । ११ अर्व ५७ करोड एनसेलको नेपाली पक्षले तिर्नु पर्ने कर अदालतले गर्दा उठेको छैन् । सर्वोच्चकै कारण एनसेलले ८० प्रतिशत कर छुट पायो । सम्पत्ति शुद्धिकरण ऐन बलियो छ । तर त्यहाँ सहसचिवको नेतृत्वले राजनीति दलका नेता र पहुँचवालालाई तह लगाउन सक्ने वातावरण छैन् । प्रधानमन्त्री आफू बन्दा केपी ओलीले सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान राष्ट्रिय अनुसन्धानलाई कब्जामा राखे । तर कामको कतै संकेत आएन । राजश्वका प्रमुख बारम्वार फेरिनुको कारण राजश्व नउठ्नु हो । ११ वर्षको यो अवधिमा सम्पत्ति शुद्धिकरणमा ७८ वटा उजुरी परेका छन् । सेनालाई समेत छानविनमा तान्न सक्ने संस्थामा सहसचिवले के गर्छ ?
वाइडवाडीको भुक्तानीमा ४ अर्व ३५ करोड भ्रष्टाचार भएको हो । संसदको सार्वजनिक लेखा समितिले समेत भ्रष्टाचार भयो भनेर अख्तियारलाई लेखी पठायो । एमाले अध्यक्ष केपी प्रम भएका बेला भ्रष्टाचार भएको छैन भनेर बोले । नीतिगत लुटका राजा केपी ओली हुन् । उनकै साथमा झापाको गिरी बन्धु टि स्टेटको ५७५ विघा जमीन सट्टाभर्ना गरियो । त्यो वापत केपी ओली र पदमा अर्यालले कुम्ल्याएकै हुन् ।

कालो धनलाई सेतो बनाउने धन्दामा काँग्रेस, एमाले, माओवादी, मधेसवादी सबै लागेका छन् । माधव नेपाल शुद्ध भनिन्छ । उनकै कार्यकालमा ललिता निवास काण्ड भयो, विष्णु पौडेलले बालुवाटारमा ८ आना जमीन उपहार पाए । काँग्रेसी न्यायाधीश कुमार रेग्मीले आठ आना उपहार लिए । विवाद चर्किदा रेग्मी र पौडेल जग्गा फिर्ता गरेर उम्किए तर फाइल उठाउने बिजय गच्छेदार कारबाहीमा परे । भ्रष्टाचारको छानविनमा बनेका प्रतिवेदनले नेतालाई छोएको छैन । कुनै भ्रष्टले ३५ प्रतिशत कर तिर्दा अवैध सम्पत्ति वैद्य हुने चलन पनि दलहरूले नै बनाएका हुन् । प्रति रोपनी २३५ राज्यलाई कर तिरेर ५÷७ सय रोपनी सरकारी जग्गा हड्प्ने काम पनि तीनै माधव नेपाल प्रम भएका बेला भयो । जसले नियुक्ति दिलायो त्यसका विरुद्ध अख्तियारका प्रमुख आयुक्त लाग्ने अवस्था हँुदैन् । नेपाल ट्रष्टको जमीन र भवन नेताका लागि लुटको अखडा बनाइएको ताजा उदाहरण केपी ओली कालको थामसेर्कू र वतास काण्ड हो । कानून मरेको न्याय हारेको अदालतलाई घाइते बनाउने काम राजनीतिले गरेको छ । त्यही कारण भ्रष्टाचार चर्केको हो ।

संकटमा बार्दली बा !
यहाँ मेरो तेरो होइन सबै समात्न संसद बोलेको छ । वायुसेवा निगममा यति एयर प्रवेश गराएर २५ प्रतिशत शेयर दिन तयार शुद्धताका धरोहर योगेश भट्टराई कुर्लेका छन् । किसानको अनुदान लिएर चर्चामा आएका गगन थापा डुक्रेका छन् । जसलाई सरकार नीति तथा कार्यक्रम उसकै एक वर्षे विज्ञापन भएको थाहा थिएन् । गृहमन्त्री बन्दा नेपालीको राष्ट्रिय परिचयपत्र सार्वजनिक खरिद ऐन विपरित फ्रान्सेली कम्पनीलाई ठेक्का दिने बेथिति सुधारक एवं मन्त्रीले सुराकीको नाउँमा दैनिक ५० हजार, सचिवले २५ हजार बाँडेर झ्वाम पारेको नदेख्ने देशभक्त रवि लामिछानेसम्मको डुक्राइ हेर्दा माओवादीका वरिष्ठ उपाध्यक्ष एवं उप तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहार ठिकै समयमा ठिकै बेला गरेछन् भन्न जनताले पाए । एमालेका बार्दली ‘बा’ ले रवि लामिछाने प्रधानमन्त्री गगन थापा अर्थमन्त्री राजेन्द्र लिङ्देन गृहमन्त्री बनाएर राजनीति उथल पुथल पार्दै गणतन्त्र भित्र राजालाई ठाउँ दिने झापामै बैङ्क ठग दूर्गा प्रसाँइलाई ज्ञानेन्द्रको प्रमुख अतित्थ्यतामा हिन्दूधर्म जागरण अभियान चलाउन लगाएका थिए । यो काममा केपी ओलीकै प्रमुख हात भएको देखियो ।

पहिरन बदलेर राजधानी छिरेका रायमाझी
रायमाझी पोशाक बदलेर राजधानी छिरेका थिए । उनले बोकेको मोवाइल रूपन्देही पोखरा र काठमाण्डौ हुँदै पुन पोखरा पुगेपछि पक्राउ परेपछि बुढानिलकण्ठको मेजमानी स्थल पत्ता लागेकै हो । त्यही पौरख गर्न अपराधबाट बच्न रामबहादुर थापा टोपबहादुर एमाले बनेका हुन् । केपी ओलीको श्रीमति, सल्लाहकार, निजी पिए, मात्र भएनन् तत्कालिन महानगरका मेयरका पिएसम्मले सहभागीता जनाएको यो काण्डमा हामी किन जोगिदैनौ भन्ने आत्मविस्वास तिनमा भयो । रामबहादुर र टोपबहादुर एमाले भए । यता भएको भए सांसद र मन्त्री त हुन्थे तर त्यस्ता कूकर्म गर्ने आँट हुदैनथ्यो । बेला बखत केपी ओलीले युरोपियन युनियनको डलरबाट चलेका एड्भोकेसी फोरम, इन्सेक र सिभिक्टलाई उचालेर माओवादीका नेताहरूलाई हेगमा मुद्दा चलाउने भनेकै छन् । केपीकै दलालहरू शुशिल प्याकुरेल, अग्नि खरेल, डा. भोगेन्द्र शर्माहरूले हेगमा उजुरी दिएका पनि छन् । आफैं राष्ट्रघात जनघात, देशघात गर्न सफल केपीबाट नेपालको लोकतन्त्र सुरक्षित छैन भने प्रहरी कठोर बन्दाको अवस्थामा नक्कली शरणार्थी काण्डमा जोडिएकालाई बचाउन मुश्किल छ ।


सम्बन्धित समाचार