Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मकवानपुरको हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ को सिमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । आज सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको डिएसपी श्यामु अर्यालले जानकारी दिए । बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो। पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो।
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल