Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काबुलका नेपाली फर्काउन पाकिस्तानले समन्वय गर्ने

काठमाडौँ । अफगानिस्तानमा जारी असहज राजनीतिक र घरेलु द्वन्द्वका माझ काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत घरफिर्ती गर्न सकिने भएको छ । इस्लामाबादस्थित नेपाली राजदूत तापस अधिकारीले सोमबार अपराह्न पाकिस्तानी विदेश मन्त्रालयमा गरेको कुराकानीपछि हाल अफगानिस्तानमा अन्तर्राष्ट्रिय उडान सञ्जाल अवरुद्ध रहेको र यो असहज अवस्थामा कुनै नेपालीले घरफिर्तीमा कठिनाइ बेहोर्दा अफगान–पाक स्थलमार्ग समेत उपयोग गर्न सक्ने सहमति बनेको बताए । यो प्रबन्धको सहुलियत भिसा बढीमा एक महिनाका लागि मान्य हुनेछ । तोरखाम बोर्डर ‘सिल’ रहिआएकोमा अहिलेको असहज स्थितिमा आवश्यक प्रक्रिया पुर्‍याएर खुला राख्ने सहमति भएको अधिकारीले जानकारी दिए । काबुलनजिकै रहेको जलालाबाद (११८ किलोमिटर दूरी) यसअघिसम्म ‘ग्रिनजोन’का रूपमा रहेको थियो । जलालाबाद–तोरखाम दूरी ७० किलोमिटर छ । त्यहाँबाट पेसावर वा रावलपिन्डी पुगेपछि इस्लामाबाद–काठमाडौंको हवाई सम्पर्क स्थापित हुन सक्नेछ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल