Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काभ्रेको जिरोकिलाे जंगलमा रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला

काभ्रेको पाँचखाल ४ जिरोकिलो नजिकै एक पुरुषको शव दर्दनाक अवस्थामा फेला परेको छ । बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला परेको हो । जिरोकिलो नजिकैको जङ्गलमा बुट्यानमा बाँधेर आगो लगाइएको अवस्थमा शव फेला परेका अन्दाजी २५ बर्षका पुरुषको पहिचान नखुलेको प्रहरी चौकी पाँचखालले जनाएको छ ।

प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक राजाराम खतिवडाले स्थानीय एक ब्यक्ति शौच गर्न जङ्गलमा जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेको बताए । शव पुरै गलेको अवस्थामा रहेकोले उक्त घटना ६/७ दिन पहिले गराइएको हो  भन्ने देखिएको प्रहरीको भनाई छ । शवको जाँचका लागि जिल्लाबाट डाक्टर र काठमाडौंबाट अनुसन्धानको लागि कुकुर बोलाइएको प्रहरीले जनाएको छ ।

पाँचखाल नगरपालिका– ४ जिरोकिलोस्थित मेलम्ची सडक खण्डबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जंगलमा हाल नाम थर वतन नखुलेको अन्दाजी वर्ष २५ को जस्तो देखिने पुरुषको मुख र छातिमा तारले रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो ।


सम्बन्धित समाचार