Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कामदार ३ जना आप्रवासी कामदारमा कोरोना

काठमाडौ । कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । कतार सरकारले तीन जना आप्रवासी कामदारलाई कोरोना संक्रमण भएको र उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार सुरु गरिएको जनाएको हो । ती कामदारसँग बस्‍ने अन्य कामदारलाई समेत क्वारेन्टाइनमा राखिएको छ । संक्रमित आप्रवासी कामदार कुन देशका हुन् भन्‍नेबारे खुलाएको छैन ।
कतारमा झन्डै सय भन्दा बढी मुलुका कामदार रहेका छन् । नेपालीको वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमासमेत कतार रहेको छ । कतारमा चार लाख बढी नेपाली कामदार रहेका छन् । कतारले शनिबार मात्रै पत्रकार सम्मेलन गरेर ३ हजार एकसय जनाको स्वास्थ्य परीक्षण गरेको जनाएको थियो । जसमध्ये इरानबाट विशेष विमानमा चार्टर गरेर ल्याइएको १२ जना कतारी नागरिकलाई मात्रै कोरोनाको भाइरस देखिएको जनाएको थियो। उनीहरु कतारमा रहेका अन्य व्यक्तिसँग सर्म्पक नभएको कतारले जनाएको छ ।
सार्वजनिक स्वास्थ्य निर्देशक डा. शेख मोहम्मद विन हमाद अलथानीले जनतालाई कोरोना भाइरसबाट बचाउनका लागि उच्चस्तरीय प्रविधि जडित प्रणालीबाट प्रभावकारी निगरानी गरिरहेका बताए ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल