Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौंको नारायण गोपाल चोकमा रहेको मल्पी इन्टरनेसनल कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ । एक कार्यक्रमबीच कामना सेवा र मल्पीबीच शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट तथा ग्राहकलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त हुनेछ ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले विशेष लाभ लिने बैंकको विश्वास छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल