Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षमा ४३ करोड ११ लाख ९८ हजार रुपियाँ नाफा कमाएको छ ।
बैंकले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष समीक्षा अवधिमा ५९ करोड ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी २ अर्ब १६ करोड ५० लाख ३० हजार रुपियाँ पुगेको छ भने सञ्चालन नाफा ६९ करोड १५ लाख १२ हजार रुपियाँ छ ।
बैंकको वितरणयोग्य नाफा ५ करोड ८० लाख ९५ हजार रुपियाँ छ । यसरी हेर्दा बैंकको लाभांश वितरण गर्ने क्षमता १.७७ प्रतिशत छ ।
प्रतिशेयर आम्दानी १३ रुपियाँ १४ पैसा र प्रतिशेयर नेटवर्थ १४६ रुपियाँ ४६ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल