Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। न्यायपरिषदले कायम मुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अवकाश हुने मितिको पत्र दिएको छ। आइतबार न्यायपरिषद सचिवालयका सहसचिव मानबहादुर कार्कीले कामु प्रधानन्यायाधीश कार्कीलाई अनिवार्य अवकाश हुने पत्र दिएका हुन्। यस सचिवालयमा रहेको अभिलेख तथा निजामती किताबखाना समेतबाट प्राप्त यहाँको वैयक्तित वितरण अभिलेखका आधारमा सम्माननीय महोदय मिति २०८०–०४–१९ मा ६५ वर्ष पूरा भइ उमेरका कारणले मिति २०८०–०४–२० देखि अनिवार्य अवकाश हुनुहुने व्यहोरा न्यायपरिषद ऐन २०७३को दफा ३१ बमोजिम निर्णयानुसार जानकारी गराउँदछु, पत्रमा भनिएको छ। कुनै न्यायाधीश उमेरको कारणले अवकाश हुने भएमा न्यायपरिषदले त्यसको जानकारी कम्तिमा ६० दिन अगाडि नै दिनुपर्ने व्यवस्था भएपनि कामु प्रधानन्यायाधीश कार्कीलाई भने आठ दिन ढिला गरि पत्र दिइएको छ। न्याय परिषद ऐन, २०७३ को दफा ३१ः पदमा नरहेको जानकारी गराउनेः (१) कुनै न्यायाधीश उमेरको कारणले अवकाश हुने भएमा न्याय परिषदले निज अवकाश हुनुभन्दा कम्तीमा साठीदिन अगावै सोको जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ। भन्ने उल्लेख छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल