Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

दुबई । सुन्दर भविष्यको खोजी गर्दै कुवेत पुगेका तीन नेपाली युवाको ज्यान गएको छ । कुवेतमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको हाे । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको हो । कुवेतको महाबुल्ला क्षेत्रमा मंगलवार विहान सडक छेउमा रहेका तीन नेपालीलाई हुँकिएर आएको कारले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै ज्यान गएको त्यहाँ रहेको नेपाली दुतावासले पुष्टी गरेको छ । दुर्घटनामा परी ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक ५ आछामका सुरत बहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून २ काठमाडौंका सुजन कार्की र वेंगादवार ३ धनुषाका धिरज गुर्मछान मगर छन् । मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मीहरु हुन् । उनीहरु त्यहाँ रहेको पापाजोन कम्पनीमा कार्यरत रहेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले जानकारी दिए । कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए । कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरुसहित सुरत समेत बाहिर निस्किएका थिए । गाढी चढाउन भन्दै सोही समयमा सडकमा उभिएका सुरतसहित तीनै जनालाई एक स्थानीय नागरिकले हुइकाएर चलाएको कारले ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै निधन भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको स्थानीय प्रशासनले जनाएको छ । नेपाली दुतावास कुवेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमले टेलिफोनमा घटनाको पुष्टी गर्दै दुर्घटनाको जानकारी पाए लगत्तै दुतावासले आवश्यक प्रक्रियाअगाडि बढाई परिवार तथा कम्पनीसँग नियमित सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा वीमा बापतका लागि पहल गरिरहेको बताए ।


सम्बन्धित समाचार