Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । अन्तरपार्टी कलहमा चर्चित सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ । बैठकले काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको बुझिएको छ । यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । सो बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणको म्याद आजै बिहान सकिएको छ । तर माधव नेपाल पक्षले स्पष्टिकरण दिएका छैनन । आजको बैठकमा शुक्रबार स्पष्टिकरण सोधेका ११ जनामाथि थप कारवाही र बाँकी हस्ताक्षर गर्नेहरूबारे पनि कारवाही गर्ने एक नेताले जानकारी दिएका छन् । उनीहरुको यो कदम पार्टी विभाजनको औजार हुने भएपछि तत्कालका निम्ति कस्तो कारबाही हुने भन्ने अवस्था स्पष्ट भएको छैन ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल