Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयानका लागि नजान निवर्तमान गृहमन्त्री रमेश लेखकलाई दबाब दिएका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले अधिक बल प्रयोग गर्दा डेढ दर्जन बढीको मृत्यु भएपछि गृहमन्त्रीबाट राजीनामा दिएका कांग्रेस नेता लेखकलाई बयानका लागि मंगलबारमात्रै जाँचबुझ आयोगले पत्र काटेको छ । यसअघि बयान दिन लेखक सकरात्मक रहेको भनिएपनि सभापति देउवाले बयान नदिन लेखकलाई दबाब दिएका हुन् । केही दिनअघि कांग्रेस पदाधिकारीसमेत संलग्न छलफलमै सभापति देउवाले लेखकलाई किन जाने बयान दिन ? भनी प्रश्न गरेका थिए । लेखकले भने निकटस्थहरुसँग सरकारले गर्ने छानबिनमा सघाउन आफू तयार रहेको बताउँदै आएका थिए । आयोगले पत्र काटेलगत्तै नेपाल प्रेससँग कुराकानी गर्दै लेखकले आफूले पत्र नपाइसकेको र पत्र पाएपछि मात्रै बयानबारे निधो गर्ने बताए । पत्र काटेको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको छु । पत्र पाइसकेको छैन । बयान दिन जाने नजाने कुरा पत्र पाएपछि तय गर्छु, लेखकले भने । सभापतिले बयान नदिन दवाव दिनुभएको हो ? भन्ने प्रश्नमा लेखकले प्रतिवाद गरेनन् । यी सबै कुरा पत्र बुझेपछि भन्छु है, लेखकले भने। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बयान दिन नजाने बताइसकेका छन् । ओलीले नै कांग्रेस सभापति देउवालाई लेखकको बयान रोक्न आग्रह गरेको देउवानिकट स्रोतको दाबी छ ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल