Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा प्यानल प्रतिस्पर्धा गरेको ईश्वर पोखरेल पक्षले आज बेग्लै भेला राखेको छ। हिजो नवनिर्वाचित केन्द्रीय कमिटी बैठकको पहिलो बैठक बसेको कार्की बैंक्वेटमा नै आज पोखरेल पक्षले धन्यवाद भेला राखेको हो। भेलामा ईश्वर पोखरेल प्यानलबाट लडेका नेता कार्यकर्ताहरूको सहभागी छ। भेलामा पोखरेल प्यानलबाट जितेका उपाध्यक्ष गोकर्ण बिस्ट र उपमहासचिव योगेश भट्टराई पनि सहभागी छन्। पोखरेल पक्षको भेलामा समाचार सङ्कलनका लागि कार्की बैंक्वेट पुगेका पत्रकारलाई भने नवनिर्वाचित उपाध्यक्ष गोकर्ण विष्टले आन्तरिक छलफल भन्दै मिडियालाई बाहिर जान आदेश गरेका छन्। पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा केपी ओलीसँग भिडेको पोखरेल समूहले अपेक्षित नतिजा ल्याउन नसकेपछि आज आन्तरिक छलफलमा जुटेको हो।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल