Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कम्युनिष्ट विचार बोक्ने, समाजवाद पनि भन्ने तर सांसदको क्षेत्र विकास कोषका नाउमा एक सांसदले ५ करोड दिएर कार्यकर्ता पाल्ने र सांसद मोटाउने लुट अभियानको विरोध गर्न नसक्ने कम्युनिष्ट कस्ता ? सर्वोच्च अदालतको आक्रमण पछि लुटाहा स्वभावका सांसद डुक्रिएका छन् । ठूला दलका ज्ञानी अज्ञानी नेताको चालबाट मुलुक लुटको भूमरीमा छ । अदालतहरूमा राजनीति दवाव जारी छ । अदालतका न्यायधीशलाई भ्रष्ट बनाउने काम ठेकदार वकिलहरूले गरेकै छन् । यस पटक अदालतले रु १७ अर्व ७५ करोड जागाएको छ । संसद विकास कोषबाट छनौट भएका र खर्च भएका कुनै पनि योजना सफल र दिगो भएनन् । खर्चको विवरण समयमा नदिने पेश्की फस्यौट वाँकी राख्ने यो शिर्षक सांसदले कार्यकर्ता पाल्ने काममा प्रयोग गरेका छन् । कम्युनिष्ट पार्टीले समाजवादको वाटो समाउदा क्षेत्र विकास कोषको जरुरी थिएन् । लुटनका लागि आयोजना बनाउने प्राविधिक खटाएर लुटको शुरुवात गर्ने काम दलहरूले गर्दैछन् ।
काँग्रेस र राप्रपाले देश लुटने सांसद विकास कोषको रकम माग गरे पनि कम्युनिष्टको नाउमा एमाले ७८, माओवादीका ३२, एकिकृत समाजवादीका १०, मसाल, नेमकिपा १÷१ गरी ११२ जना कम्युनिष्ट सांसदले काँग्रेसकै पछुवा वन्नुले नेपालका कम्युनिष्ट पार्टी विचारमा गतिहिन, सिद्धान्तमा मतिहिन भएको प्रमाणीत भएको छ । कम्युनिष्ट पार्टीको नेता कम्युनिष्ट जस्तो छैन् । गाउँको सामन्त जस्तो केपी ओली र पुष्पकमल दाहलको प्रभुत्व पार्टीमा एकछत्र रूपमा झाँगियो । केपी ओली सामुहिकता चाहादैनन् । पुष्पकमल दाहल सामुहिकता खोज्छन् तर उनको पार्टीमा नेतृत्व लिन सक्ने हैसीयतमा दोस्रो पुस्ता छैन् । यो पुस्ता भष्मशुर र लुटाहाका रूपमा परिचीत छन् । सुन तस्करीदेखि भ्रष्टाचारका फण्डैफण्डामा यो समूह फसेको छ । जुन समूह गुटगत र परिवारवादमा केन्द्रीत छ । भन्ने कम्युनिष्ट व्यवहारमा भष्मशुर बनेको एमाले दोस्रो पुस्ता समेत समाजमा बदनाम छ । मौका नपाउँदा कोही चोखो भए पनि पद पाउँदा राष्ट्रको सार्वजनिक जग्गा माफीयालाई दर्ता गर्न लगाएर आँफू घुस खाने सिपी मैनाली ज्यूँदा प्रमाण हुन् । मैनालीको पार्टीले भूमि व्यवस्था मन्त्रालय हाँक्दा उपत्यका भित्र भूमाफीया समूहले सार्वजनिक जमिन कव्जा गरेको हो । कम्युनिष्टका रूपरंग अनेक छन् । भक्तपुरको राजा नारायणमान विजुक्छे भक्तपुर नगर र क्षैत्र नं. एकमा सिमित भए । उनको नगर भित्र शिक्षा स्वास्थ्य सस्तो सर्व सुलभ छ । तर नेमकिपाले चलाएको जनपक्षिय योजना अनुगमन गर्ने हिम्मत माओवादीले समेत गरेन् । माओवादीको राजनीतिक पहुँच भएका रुकुम, रोल्पा, गोरखा, रामेछाप, सिन्धुलीजस्ता पाहाडी जिल्लामा जनताको जीवनस्तर सुध्रिएको छैन् ।
एमाले र काँग्रेस परिवर्तनका बाधक हुन् । भ्रष्टाचार तस्करीतन्त्र यी पार्टीको लक्ष हो । यी पार्टीका नेता आफू विग्रिएकाले माओवादी सप्रियोस भन्दैनन् । यीनकै सिको गरेर माओवादीका नेता धनार्जन शर्मा, धनमान पून भएका छन् । सुन तस्करसँगको यीनको सम्वन्धले जनयूद्धको थलो रुकुम रोल्पाका बलिदानी माथि गद्धारी ग¥यो । यीनले विगतमा सांसद विकास कोषको नाममा राज्यवाट लिएको ५ करोडले जनहितमा कहाँ कति प्रयोग गरे छात्तिमा हात राखेर भन्न सक्छन् ? समाजवादीले समग्र समाजको हित हेर्ने की पेश्की फस्यौट नगर्ने भ्रष्टाचार बढाउने काँग्रेसी योजनामा रमाउने हो ? अदालत विकासमा बाधक पनि छ । भ्रष्टको संरक्षक पनि छ तर संसद कोषबाट रु १७ करोड ७५ लाखको संरक्षण गर्न सफल पनि छ । यस्तो लुटमा संसदका नाममा खन्चुवाहरू सकृय हुने बाटो भने यस पटक छेकिएको छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल