Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कार्यक्रम संयोजनमा गीतकार राजेन्द्र पुरीको सफलता

तिमी हिड्ने बाटो मलाई किन प्योरो लाग्छ….. हरेक मानिसको जीवनसँग मेल खान्छ यी माथिका शब्दले । जीवन जिउन आइपर्ने समस्या र यसले सिर्जना गर्ने तरंगलाई तरंगित गरेको छ । जसको शब्द रचना राजेन्द्र पुरीको हो भने लोकप्रिय गायिका विष्णु माझीले स्वर दिएकी छन् । सुन्नेले स्वर नै सुन्ने हो । यसका सर्जक अर्थात गीतकारलाई कसैले सुन्छन्, बुझ्छन् र साथ दिन्छन् । शब्दले नै संगीतको सुरताल खाका बनाइदिन्छ । तर जति गायक, गायिका र संगीतकार छिट्टै श्रोतामाझ परिचित हुन्छन् त्यति शब्द सिर्जना गर्ने सर्जक ओझेलमा पर्ने गरेको बुझेका छन् पुरीले । गीतकार राजेन्द्र पुरी गीतमात्र लेख्दैनन् प्रोडक्शन र ठूला, ठूला कार्यक्रमहरूको कुशलतापूर्वक ब्यवस्थापन पनि गर्छन् । पहिलो एल्बम ‘आँसु’ बजारमा ल्याएर २०६८ सालबाट पौपचारिक रूपमा गीति लेखनमा सकृय राजेन्द्र पुरीको तिमी हिड्ने बाटो, अछुत, तिम्रो लागि लगायत दर्जनौ रचना स्रोता रुचिका रहेका छन् ।
सानै देखि गीतसंगीतमा रुचि राख्ने पुरीले २०६९ सालबाट देश बिदेशमा हुने कार्यक्रमहरू आयोजना गर्दै कयौं चर्चित कलाकारहरूलाई स्टेज चढाइसकेका छन् । आमा, यति सोध्न मन छ, पिरतीको नाउँमा, तारा दिन्छु भन्नेले, तिम्रो आँखाको रङ, तिम्रो लागि बसि हाल्यो प्यार, कस्तो थिएँ कस्तो भए हेर मलाई लगायत दर्जनौं गीतको म्युजिक भिडियो निर्माण गरिसकेका पुरीले दर्जनौ कलाकारको अभिनय रहेको ‘रात’ वेभसिरिज ल्याउँदै छन् । २०७० देखि मलेशिया लगायत नेपालमा हुने विभिन्न साँस्कृतिक कार्यक्रम आयोजनामा सकृय सहभागिता जनाउँदै आएका पुरीले हालै स्रष्टा सम्मान तथा अवार्ड कार्यक्रम सम्पन्न गरेका छन् । ‘तिमी हिड्ने बाटो’ बाट बोस्टर म्युजिक अवार्डमा सर्बोत्कृष्ट गीतकार अवार्ड आफ्नो पक्षमा पार्न सफल गीतकार पुरी सुन्दरादेवि म्युजिक अवार्डबाट ‘कला सम्मान’, निम अवार्डबाट ‘कला सम्मान’, ‘अरुण गिरी कोसेली भाग १’ बाट सम्मानित भएका छन् । पुरीको सकृयतामा दोस्रो अन्तर्राष्ट्रिय प्रियसी सिल्भर म्युजिक अवार्ड थाइल्याण्ड, सिंगापुर, मलेशियामा भव्य र सभ्य रूपमा आयोजना गरि झण्डै ३० जना कलाकर्मीलाई बिभिन्न विद्यामा अवार्ड प्रदान गरिएको थियो । आगामी अगष्ट ७ मा हुने ‘अन्तर्राष्ट्रिय कला स्रष्टा सम्मान’को तयारीमा ब्यस्त पुरीका अनुसार २५ जना कलाकारलाई थाइल्याण्ड, सिंगापुर र मलेशियामा कार्यक्रम आयोजना गरी सम्मान गरिने छ । भदौ ३ गते सम्पन्न हुने नेपाल म्युजिक भिडियो निर्देशक समाजको कार्यक्रमको प्रमुख सल्लाहकारको रूपमा रहेका उनि ‘एपिक नेपाल म्युजिक अवार्ड’ का संयोजक लगायत बिभिन्न अवार्ड तथा सम्मान कार्यक्रममा पुरीको महत्वपूर्ण भूमिका रहदै आएको छ । सम्मान तथा अवार्ड कार्यक्रम गर्नु आफैमा गहन विषय हो भने सहि ब्यक्तित्वलाई निश्पक्ष ढंगले विवाद रहित सम्मान वितरणमा पनि कार्यक्रम संयोजकको महत्वपूर्ण भूमिका रहने कार्यक्रम संयोजक तथा गीतकार राजेन्द्र पुरीको भनाईछ ।