Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कालीमाटीका दुई प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । कोरोना विरुद्धको युद्धमा अग्र मोर्चामा खटिने सुरक्षा कर्मीलाई पनि धमाधम संक्रमण देखिन थालेको छ । नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताएका छन। र्‍यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो। संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन्। दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्‍यो भन्ने बारेमा खु्ल्न सकेको छैन । अब ती प्रहरीको कन्ट्याक्ट ट्रेसिङपछि थप कदम चालिने बताइएको छ । मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा संक्रमण देखिएको थियो।


सम्बन्धित समाचार