Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट करिव ३० लाख मानिस संक्रमित भएका छन् भने २ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ७५१ जनाको मृत्यु भएको छ भने ७३ हजार ८५८ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या २९ लाख ९४ हजार ७३१ पुगेको छ । कोरोना भाइरसको महामारीबाट सबै भन्दाबढी बढी प्रभावित अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५५ हजार नाघेको छ ।
हाल थप १ हजार १५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ४१३ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ५०९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ८७ हजार १६० पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार ७८१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख १२ हजार ९६६ जनामध्ये १५ हजार १४३ जनाको अवस्था गम्भीर रहेको छ । आइतबार थप २६० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ६४४ पुगेको छ । यसअघि शनिबार त्यहाँ ४१५ जनाको मृत्यु भएको थियो । संक्रमितको संख्यामा भने खासै सुधार हुन सकेको छैन ।
शुक्रबार २ हजार ३५७ जना नयाँ संक्रमित देखिएकोमा पछिल्लो २४ घण्टामा पनि त्यहाँ २ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९७ हजार ६७५ पुगेको छ । इटालीमा संक्रमितमध्ये ६४ हजार ९२८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ६ हजार १०३ जनामध्ये २ हजार ९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
संक्रमितको संख्या घटेपछि इटालीमा मे ४ पछि लकडाउन हटाउने घोषणा गरिएको छ । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण स्पेनमा देखिएको छ । स्पेनमा कुल संक्रमित २ लाख २६ हजार ६२९ पुगेको छ । यो अमेरिकामा संक्रमित हुनेको तुलानामा करिव ७ लाखले कम हो । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २८८ जनाको मृत्यु भएको छ भने २ हजार ८७० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ मृतक र संक्रमित दुबै कम भएको छ । यसअघि शनिबार संख्या ३७८ जनाको मृत्यु भएको थियो भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका थिए । सोमबार विहान यो समाचार तयार पार्दासम्म १ लाख १७ हजार ७२७ जना उपचारपछि निको भएका छन् । ८५ हजार ७१२ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा २४२ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको संख्या २२ हजार ८५६ पुगेको छ । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ७३२ पुगेको छ । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २१ हजार ८८५ जना, उत्तर अमेरिकी मुलुकहरुमा ५९ हजार ९५५ जनाको मृत्यु भएको छ ।
यस्तै एसियाली मुलुकहरुमा १७ हजार २४३८, अफ्रिकी मुलुकहरुमा १ हजार ४२७ र अष्ट्रेलियासहित ओसिनिया मुलुकहरुमा १०१ जनाको मृत्यु भएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल