Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन उठेन काठमाडौंको फोहोर

काठमाडौं। काठमाडौं महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्सफर स्टेसनमा जम्मा गरिएको फोहोरले आफूहरूलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहोर राख्न नदिएपछि काठमाडौंका प्रत्येक चोकमा फोहोरको डंगुर मात्र छैन, दुर्गन्धसमेत फैलिएको छ ।
काठमाडौं महानगरपालिकाले पहिलो चरणमा संकलन भएको फोहोर टेकुको ट्रान्सफर स्टेसनमा राख्ने र त्यहाँबाट क्रमिक रूपमा ठूला टिपरको प्रयोग गरेर सिसडोल लैजाने गरिएको छ । लामो समयसम्म टेकुमा फोहोर राख्दा अत्यधिक दुर्गन्ध फैलिएर समस्या भएको भन्दै स्थानीयवासीले तीन दिनदेखि अवरोध गरेका हुन् ।