Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन चल्यो विपनाको डिभोर्सको हल्ला

नायिका विपना थापाका श्रीमान् आशुतोष भारद्धाजले केही दिन अगाडि आफूहरुको डिभोर्स भएको भन्दै सामाजिक संजालमा एउटा तस्विर पोष्ट गरे । उनले, विपनासँग आफ्नो डिभोर्स भएको भन्दै लेखे र १५ मिनेटमा स्टाटस हटाए । यसपछि, सामाजिक संजाल र केही मिडियामा विपना थापाको डिभोर्स भएको हो कि भन्ने चर्चा सुरु भयो । यसबिचमा, नायिका विपना थापा फिल्म ‘ह्रस्व दीर्घ’मा काम गर्न नेपाल आइन् । उनी, चितवनमा फिल्मको छायांकन गरिरहेकी छिन् । तर, यो फिल्मकी नायिका तथा निर्मात्री नीता ढुंगानाले आइतबार एउटा तस्विर पोष्ट गरिन् । तस्विरमा उनीसँगै विपना र आशुतोष देखिएका छन् । नीताले दिदी र भिनाजुको साथमा भन्दै तस्विर पोष्ट गरेकी छिन् । नीताले यो तस्विर सार्वजनिक गर्नुको कारण विपनाको डिभोर्सको खबर हल्ला मात्र थियो भनेर पुष्टी गर्नलाई हो भन्ने वुझ्न सकिन्छ । आशुतोष भारतीय नागरिक हुन् । पेशाले चिकित्सक समेत रहेका आशुतोष भारतीय कांग्रेस पार्टीबाट राजनीतिमा पनि सक्रिय रुपमा लागिरहेका छन् ।उनले फिल्म ‘वरमाला’ निर्माण पनि गरेका छन् । यही फिल्मको छायांकनका क्रममा विपना र आशुतोषबिच प्रेम सम्बन्ध सुरु भएको बताइन्छ ।


सम्बन्धित समाचार