Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन चाहिन्थ्यो झगडाको ठूलो निहुँ ?

काठमाडौं । आगोको बिउ र झगडाको निहुँ ठूलो चाहिँदैन भनेर त्यसै नेपाली उखान बनेको होइन रहेछ ।  टोखा नगरपालिका–९ मा मृत भेटिएको महिलाको ५ सयको विवादमा हत्या भएको खुलेको छ । सुरुमा प्रहरीले तेस्रो लिंगी महिलाको हत्या भएको बताए पनि ती व्यक्ति माया मगर भनिने आयुषा मगर नाम गरेकी युवती रहेको खुलेको छ । ती महिलालाई सूर्य थापा नाम गरेका व्यक्तिले हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले थापाले ५ सयको विवादमा ती युवतीको हत्या गरेको पाइएको बताए । जुनकुरा सूर्यले स्वीकार समेत गरेको प्रहरीले दाबी गरेको छ । शनिबार बिहान ८ बजेतिर तन्नाले बेरेको अवस्थामा शव भेटिएको थियो । टोखाको मिलनटोल नयाँ बसपार्कस्थित होटल रोयल कुन्डलाको स्टाफ रुपमा रहेको तन्ना र तकियाको खोलमा भएको ट्याग नै भेटिएको थियो । त्यसपछि प्रहरीले उक्त होटलका साहु र म्यानेजरलाई घटनाबारे सोधपुछ गरेको थियो । तर, उनीहरूले आफूलाई केही थाहा नभएको बताएका थिए । सोही होटलमा काम गर्ने २४ वर्षीय सूर्य थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले पक्राउ गर्दा उनी मदिराको नसामा थिए । प्रारम्भिक सोधपुछकै क्रममा उनले हत्याको घटना स्वीकार गरेको प्रहरीले बताएको छ । अनुसन्धानको क्रममा हत्याको मुख्य कारण पाँच सय रुपैयाँ रहेको प्रहरीले बताएको छ । अन्दाजी १५ दिन जति अघि आयुषा र अर्को डोल्मा नाम गरेका दुई जना राति १२ बजेतिर उक्त होटलमा आएका थिए । त्यतिबेला आयुषाले सूर्यसँग पाँच सय रुपैयाँ मागेर लगेकी थिइन् । ब्राउन सुगर किन्न भनेर पाँच सय रुपैयाँ सापटी लगेको सूर्यले बताएका छन् । त्यही पाँच रुपैयाँ सापटी माग्दा आयुषाले दिन्न भनेपछि २६ कात्तिकको राति सूर्यले हत्या गरेको प्रहरीले बताएको छ । सीसीटीभी फुटेजमा समेत तन्नाको पोको होटलबाट राति १स्५२ बजे निकालेर लगेको देखिएको एक अनुसन्धान अधिकृतले बताए ।ब्राउन सुगर किन्न लगेको रकम माग्दा नदिने बताएपछि सूर्यले जुत्ताको तुनाले आयुषाको घाँटी कसेको प्रहरीले बताएको छ । घाँटी कसेर हत्या गरेपछि कालो ठूलो प्लाष्टिकमा प्याक गरेर तन्नाले बेरेर फालेको उनले प्रहरी समक्ष बताएका छन् । हत्या गरिएकी युवती आयुषा विवाहित रहेको पाइएको छ । उनका आमा कल्पनाले शेर्पालीले आफ्नो छोरी भनेर सनाखत गरेको प्रहरीले बताएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल