Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन चुनाव हारिन रामकुमारीले ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले गत असारमा दशौं महाधिवेशन गरेर हलबाटै अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई निर्विरोध निर्वाचित गरेको थियो । उपाध्यक्ष, सचिवलगायत २१ सदस्यीय पदाधिकारीमा भने मंगलबार आन्तरिक निर्वाचन गरिएको छ । यसक्रममा उपाध्यक्ष उठेकी चर्चित युवा नेता रामकुमारी झाँक्री पराजित भएकी छिन् । एकीकृत समाजवादीको महाधिवेशनबाट ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा गरिएको थियो । साउन १६ मा बसेको केन्द्रीय कमिटीको बैठकले ३४४ सदस्यीय केन्द्रीय कमिटीको नाम टुंग्याएको थियो । भदौ ११ अर्थात मंगलबार ३४४ केन्द्रीय सदस्यमध्येबाट पदाधिकारीहरु छानिएका हुन् । एकीकृत समाजवादीको पदाधिकारीमा सम्मानित नेता झलनाथ खनालसहित २१ जना रहन्छन् । यीमध्ये तीनजना महाधिशेनबाटै निर्विरोध चुनिएका थिए भने मंगलबार बरिष्ठ उपाध्यक्षमा पनि राजेन्द्रप्रसाद पाण्डे निर्विरोध निर्वाचित भए । बाँकी १७ जना पदाधिकारीमा मतदान भयो । मतदानमा ३४४ केन्द्रीय सदस्यले भाग लिन पाउने व्यवस्था गरिएको थियो । निर्वाचनबाट महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित भइन् । उनले रामकुमारी झाँक्रीलाई हराइन् । मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद शाह निर्वाचित भए भने खुल्ला उपाध्यक्षमा डा। गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भए । उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भए । सचिवमा गणेश बिक दलिततर्फ, बलदेब चौधरी आदिवासी–जनजाति र खुलातर्फ श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, चन्द्रबहादुर शाही विजयी भए । पदाधिकारीमा उठेर पराजित हुनेहरुमा रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा। विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामचन्द्र झा, रामचन्द्र यादव, ललितबहादुर बस्नेत क्षेत्री, साध्यबहादुर भण्डारी, उर्वादत्त पन्त, बलराम सापकोटा, महेश रेग्मी, लक्ष्मण केसी, देउमान सम्वाहाङ्फे, नागेन्द्र चौधरी, अम्बर बहादुर थापा, लक्ष्मण पौडेल, शत्रुघन महतो र हरिप्रसाद पराजुली, निरुदेवी जैरु, बंशीधर मिश्र लगायतका घघडान नेताहरु छन् । आखिर, एकीकृत समाजवादीको पदाधिकारीमा भएको चुनावले के सन्देश दिएको छ ? यसका केही सन्देशहरु छन् ।
एमाले अखिलमा रहँदादेखि नै चर्चित रहेकी रामकुमारी झाँक्री एकीकृत समाजवादीकी पूर्वसचिव एवं युवापुस्तामा चर्चित मानिन्थन् । तर, उनी माहिला कोटाको उपाध्यक्षमा जयन्ती राईसँग पराजित भइन् । यसअघि झलनाथ खनाल र घनश्याम भुसालसँग नजिक मानिँदै आएकी झाँक्री यसपटक माधव नेपालको प्यानलमा परेकी थिइन् । महासचिव भुसालको समूहले जयन्ती राईलाई सघाएको थियो । तर, अध्यक्ष नेपालको साथ पाउँदा पनि रामकुमारी पदाधिकारीमा पर्न सकिनन् । पार्टी बाहिरसमेत चर्चित रहेकी रामकुमारी पराजित हुनुको कारण के हो ? यसबारे जिज्ञासा राख्दा एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले भने, ‘पछिल्लो समय रामकुमारीजी अराजनीतिक रुपमा प्रस्तुत हुन थाल्नुभयो । एकीकृत समाजवादीमा बस्ने तर आफ्नो पार्टीभन्दा एमालेलाई राम्रो देख्ने, महिलाका मुद्दामा नकारात्मक रुपमा प्रस्तुत हुने अनि पार्टीभित्र अरु कसैलाई नगन्ने प्रवृत्ति उहाँमा बढ्न थालेको थियो, त्यसैको परिणाम मंगलबारको नतिजामा देखियो ।’ यता एमालेमा रहँदादेखि नै चर्चित रहँदै आएकी जयन्ती राईलाई घनश्याम भुसाल समूहले आफ्नो प्यानलमा राखेर साथ दियो, जसले गर्दा रामकुमारीको हार भयो ।