Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । आफूविरूद्धको मोर्चाबन्दी कसिँदै गएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि सचिवालय बैठक सार्न दबाब दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोही समयमा मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका हुन् । बैठक सार्न ओलीले दबाब दिँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका बहुमत सचिवालय सदस्यले अस्वीकार गरेपछि बैठक छल्न ओलीले आकस्मिक मन्त्रिपरिषद् डाकेको आकलन गरिएको छ ।
विवाद चर्किदै जाँदा मंगलबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका ओलीले थप केही कदम पनि चाल्न सक्ने बुझिएको छ । पार्टी विवाद बढेको बेला ओलीले गत वैशाखमा राजनीतिक दल फुटाउने सम्बन्धी अध्यादेश ल्याएका थिए । पार्टीभित्र चर्को विवाद भएपछि राष्ट्रपतिले ती अध्यादेश फेरि खारेज गरेकी थिइन् ।
पार्टी विवाद उत्कर्षमा रहेका बेला सचिवालयकै समयमा आकस्मिक मन्त्रिपरिषद् बैठक डाकिएपछि अर्को पक्ष सशंकित भएको छ । तर, ओली अनुपस्थित भएपनि आज दिउँसो १ बजेको सचिवालय बैठक नरोकिने दाहाल– नेपाल अर्को पक्षले जनाएको छ । पार्टी फुट नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कार्यकारी अध्यक्ष दाहाललाई मिलेर अघि बढ्न सुझाव दिएकी थिइन् ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल