Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन फतक्कै भयो माओवादी

काठमाडौं । कुहिएको फर्सी भन्दा पनि नराम्रोसँग प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी गल्नुका भित्री कारणहरु थुप्रै रहेका छन् । प्रतिनिधि सभा बैठक १८ दिनपछि शुक्रबार कार्यसूचीमा प्रवेश गर्‍यो। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने र उनले मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएको नेकपा माओवादी केन्द्र सत्ताधारी दलकै कित्तामा उभिएपछि सभामुख देवराज घिमिरेले सभा अघि बढाए। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँगै मिलेर माओवादीले गृहमन्त्रीमाथि छानबिन गर्न र उनले राजीनामा दिनुको विकल्प नभएको बताउँदै आएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र आफूसहित विपक्षीले उठाउँदै आएको मूल मुद्दाबाट टाढिएपछि अहिले सदनमा राजावादी र राष्ट्रिय स्वतनत्र पार्टी एकठाउँमा उभिएका छन्। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो पार्टी मूल मुद्दाबाट नभागेको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नै आफ्नो पार्टीको मूल मुद्दा भएको सुनाए। शुक्रबार सभामुख घिमिरेले पेलेरै सञ्चालन गरेको प्रतिनिधि सभा बैठकमा उनले अहिलेसम्मको आन्दोलनमा साथ दिएकोमा माओवादी केन्द्रसहितलाई धन्यवाद पनि भने। उनले भिजिट भिसा प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति र ठगिएकाहरूले न्याय दिन रास्वपाले आन्दोलन जारी राखेको दाबी गरे। सत्ताधारी नेपाली कांग्रेस, नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीचको छलफलपछि रास्वपालाई छोडेर उनीहरूले दुई बुँदे सहमति गरेका माओवादी र एमालेबीच शुक्रबार भिजिट भिसा प्रकरणमा २ बुँदे सहमति भएको थियो। उक्त सहमतिलाई रास्वपा र राप्रपाले अस्वीकार गर्दै शुक्रबार प्रतिनिधिसभा बैठक अवरोध गरेका थिए। गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अख्तियारले अनुसन्धान थालेको विषयमा आफ्नो संलग्नता छ भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको बताएका हुन्।