Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किन सेलायो यिनको गति ?

काठमाडौं । सरकारले जतिसुकै रोजगारीको रोटी पेले पनि नेपालले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स एकाएक घट्दै गएको छ । रेमिट्यान्सको ३५ प्रतिशत हिस्सा ओगटेको मलेसियाको लागि श्रम तथा रोजगार मन्त्री बाधक भइदिए । उनले ३७ वटा बायो मेट्रिक स्वास्थ्य परीक्षणका कम्पनीमाथि जसरी धावा बोले त्यही रुपमा कार्यान्वयन गर्न सकेनन् । बरु उनले तिनै ३७ वटा ठग कम्पनी समेतको सूचि मलेसिया पठाउँदै छन् । मन्त्रीले १२० वटा त्यस्ता संस्था पठाउँदै छन् । जुन संस्थामा पहिले लुट मच्चाएको टिम सहभागी छ ।
नेपाली मौसम अनुकुल मलेसिया रोजगारीको देश बन्छ । १५ महिनासम्म कामदार नपाएर फ्रिभिसा फ्रि टिकटको हौवा फैलाएर नेकपाका इमान्दार मन्त्री समेत माफियाको जालमा परेकै छन् । संयोगवश वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठनमा रोहन गुरुङ एमालेकै हुन् । एमाले यस्तैसँग चन्दा उठाउँछ नेताको खल्ती भर्छ । त्यो सत्य गोकर्णलाई थाहा छ । नयाँ रुपमा शोषण रोक्छु भन्दा रु २ खर्ब देशले गुमाइसकेको छ । नेपालले त्यस्तो रेमिट्यान्स रु ९ खर्ब उठाउँदै आएको हो । नेपाली युवामाथि शोषण गर्ने नेपालकै म्यान पावर कम्पनीका मालिक हुन् जसले चुनवाका बेला संस्थागत र व्यक्तिगत चन्दा पार्टीलाई दिएर आफ्नो अपराधबाट मुक्ति लिँदै आएका छन् । सरकारले नेपाली कामदारको पारिश्रमिक एक हजार रियल तोकोके छ । तर बंगलादेशले ८ सय रियलमा कामदार पठाइदिन थालेपछि श्रम तथा रोजगार मन्त्रालय नाजवाफ भयो । जबकि मलेसिया र नेपालबीचमा श्रम सम्झौता भएको पनि वर्ष दिन पुग्दैछ । यो अवधिमा श्रममन्त्रीले कति युवालाई रोजागरीमा पठाए ? उनले ठगीमा पक्राउ गरेका ३७ कम्पनीका मालिकको हितमा कस्तो नीति लिए ? सरकारले ढोल पिटेर एक महिने रोजगारीको ऐलान ग¥यो । फुल गोडिए, बगैंचा सिंगारिए, अरवौं स्वाहा भयो । बेरोजागरको समस्या जहाँको त्यही छ । सरकार हचुवाका भरमा निर्णय गर्छ, पछि पछुताउँछ । योक्रम अहिले पनि जारी छ । ठगीको मुद्दा झेलेका स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूमाथि कुनै कारबाही नगरी मन्त्री विष्टले कसरी जनताको मन जित्लान् ?
हिजो उनले सरकारी कार्यालयले विद्युत महसुल नतिर्दा तिर्न बाध्य पारेकै थिए । तर विद्युत उत्पादक कम्पनीहरूसँग पिपिए गर्दा डलरमा गरिदिए, लेनदेन जति भयो त्यहीं भयो । उनका कार्यकालमा भएका सम्झौताका बारेमा प्राधिकरण भित्र समर्थन र विरोध गर्नेहरू बराबर छन् । वैदेशिक रोजगारीको क्षेत्र पनि कम्युनिष्ट पार्टीका बदनाम गर्ने अस्त्र बन्दैछ । श्रममा आधारित कम्युनिष्ट पार्टीले नीगित भ्रष्टाचार गर्दा तत्काल कुनै असर देखिँदैन । तर भोलि वर्तमान सरकारका गलत क्रियाकलापकै शिकार देश हुन्छ । अहिले प्रधानमन्त्री केपी ओलीले त्यो पाटोलाई ख्याल गरेकै छैनन् । किनकि प्रम ओलीसँग दम्ब र अहंकार छ ।
नत नीति छ न सिद्धान्त छ न कार्यक्रम नत तोकिएकै आधारमा अगाडि बढेका छन् । अहिले पार्टीप्रतिको मोह नभएको अर्थमन्त्री भएको देश हो नेपाल । विवादमा मन्त्रीहरू सबै छन् । काम गर्नेले गल्ती गर्दा विवादमा परे नगर्नेले काम नजान्दा भड्खालोमा परे । मातृका यादव, पद्मा अर्याल, बिना मगर काम गर्ने ढंग नपु¥याउँदा विवादमा परेका हुन् भने चक्रपाणि खनाल, गोकर्ण विष्ट, शक्ति बस्नेत, गोकुल बाँस्कोटा प्राप्त अवसरको उपयोग गर्दै क्षमता प्रदर्शन गर्न नजान्दा विवादमा परेका हुन् । अर्थात् उनीहरू बिचौलियाको गोल चक्करमा फसेका छन् । तिनैले यिनलाई बदनाम गर्दै हिँडेका छन् ।