Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किशोरीको अपहरणपछि जंगलमा लगेर बलात्कार

काठमाडौं । बाँकेको जिल्लाको खजुरामा एक किशोरीलाई अपहरण गरेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १६ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा खजुरा १ सैनिकका हरिश सुनार र स्थानीय नेप्टे रहेका छन् । सुनारले उनकै भे १० प ८६३ नं. मोटरसाइकलमा बसाली अन्य ४ जना साथीको सहयोगमा अपहरण गरी जङ्गलमा र उनकै घरमा गरि २ पटक बलात्कार गरेको युवतीले प्रहरी समक्ष बयान दिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिएका छन् प्रहरीले स्थानीय अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।