Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किशोरीलाई जबर्जस्ती गर्ने गेष्ट हाउस सञ्चालक समातिए

काठमाडौं । रोल्पा घर भएकी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित अन्नपूर्ण गेष्ट हाउसका संचालक चितवन भरतपुर घर भएका ४१ वर्षीय कृष्ण घिसिङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

घिसिङले ती किशोरीलाई काम लगाइदिन्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।