Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किशोर किशोरीलाई लगाउन मिल्ने डेढ करोड डोज खोप किन्ने सम्झौता

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०–४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज गरी १ लाख ५० हजार डोज खोप किन्न सम्झौता भएको जानकारी दिएका छन् । मन्त्री श्रेष्ठका अनुसार फाइजर र जोन्सन एन्ड जोन्सन खोप खरिदका लागि सम्झौता भएको छ भने मोडर्ना खोप किन्न विश्व बैंकमार्फत भुक्तानीसमेत भइसकेको छ । यी खोप माघभित्र आइसक्ने मन्त्री श्रेष्ठले जनाएका छन् । खोप खरिदका लागि सरकार र एसियाली विकास बैंकबीच १ अर्ब ६५ करोड रुपैयाँ ऋण सहायता स्वीकृतिको चरणमा रहेको उनले बताए । चैतसम्म सबै नेपालीले खोप लगाइसक्ने उनको दाबी छ । १२ देखि १८ वर्ष उमेर समूहलाई लगाइने मोडर्ना र फाइजर ९४ प्रतिशत प्रभावकारी रहेको अध्ययनहरूले देखाएका छन् । यी दुवै खोप दुई डोज लगाउनुपर्छ । जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्रै लगाए पुग्छ । सरकारले पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको अस्ट्राजेनेकाको खोप लगाउने योजना बनाएको छ । प्राप्त भएको तीन दिनभित्र ज्येष्ठ नागरिकलाई लगाइने उनले बताए । कोभिड नियन्त्रण र स्वास्थ्यको समस्या समाधानका लागि उनले कार्ययोजना समेत अघि सारेका छन् । कार्ययोजनामा खोपको प्रभावकारी रूपमा वितरण गर्ने, सहरको खोप केन्द्र थप गर्ने उल्लेख छ । कोभिड–१९ विरुद्धको खोप नेपालमै व्यावसायिक उत्पादनको सम्भावनामाथि अध्ययन अघि बढाएको समेत उनले बताए । एन्टिजेन र पीसीआर परीक्षणको दायरा व्यापक विस्तार गर्ने, अस्पतालहरूमा रिक्त शय्याको विवरण तत्काल अद्यावधिक गरी बिरामी भर्ना प्रक्रिया सहजीकरण गरिने उनको भनाइ छ । तेस्रो लहरको सामना गर्नका लागि समयतालिकासहितको विशेष रणनीति र कार्ययोजना सार्वजनिक गरिने पनि मन्त्री श्रेष्ठले बताए । सहयोग प्राप्त मास्क स्थानीय तह र संघसंस्थासँग समन्वय गरी साउन २३ देखि २९ सम्म वितरण गरिने कार्ययोजनामा उल्लेख छ । प्रत्येक प्रदेशमा कोभिड–१९ कमान्ड अस्पतालको अनुगमन र सुपरिवेक्षणका लागि मन्त्रालयबाट ११ औं तहको कर्मचारी खटाइने पनि उनले जानकारी दिए । भारतसँगको सीमामा होल्डिङ सेन्टर स्थापना गरी कोभिड–१९ को परीक्षणपछि संक्रमितलाई आइसोलेसन र उपचारका लागि पठाइने उनले बताए । निजी अस्पताल, मेडिकल कलेज र सरकारी अस्पतालसँगको समन्वयमा उपचार प्रभावकारी बनाइने उनको योजना छ । त्यस्तै, अस्पतालहरूको ग्रेडिङ गरी शुल्क पारदर्शी बनाइने पनि उनले प्रतिबद्धता जनाएका छन् । राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि व्यक्तिगत सम्पूर्ण व्यावसायिक संलग्नताबाट अलग भएको पनि राज्यमन्त्री श्रेष्ठले दाबी गरेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल