Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कीर्तिपुरको मेयरमा कांग्रेसलाई पछ्याउँदै एमाले

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिइरहेका छन्। कीर्तिपुरमा एमालेका डा।सुरेन्द्र मानन्धरले ६६६ र माओवादी केन्द्रका प्रा।डा।शिवशरण महर्जनले ४६५ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ४१८ मत ल्याएका छन्। कीर्तिपुर १ को वडाध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भइसकेका छन्। वडानम्बर ४ को मतगणना जारी छ। अघिल्लो निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राज कुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका केश रत्‍न बज्राचार्यले ५ हजार ५०७ र माओवादी केन्द्रका शिव शरण महर्जनले ४ हजार ९० मत ल्याएका थिए।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल