Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कीर्तिपुरमा क्रिकेट हेर्नेको भिड

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा मंगलबार नेपालले नेदरल्यान्ड्सको सामना गरिरहेको छ । फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ

फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।

आजको खेल हेर्नका लागि कीर्तिपुरमा नेपाली क्रिकेट समर्थकहरू ठुलो सङ्ख्यामा उपस्थित भएका छन् । उनीहरू मैदानमा पुगेर खेलाडीहरूको हौसला बढाइरहेका छन् । केही भनेर मैदानबाहिर रहेका रुखमा चढेर क्रिकेटको मज्जा लिइरहेका छन् ।

लिग चरणमा सबै टोलीले चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अङ्कसहित पहिलो, नेपाल चार अङ्कसहित दोस्रो र नामिबिया तीन अङ्कसहित तेस्रो भएका थिए