Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुटनीतिक क्षेत्र कमजोर बन्दै

काठमाडौं । पूरा गर्न नसक्ने कुरा बोल्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने दलालको हितमा राज्यका नीति नियम लाद्ने प्रधानमन्त्री केपी ओलीकै महत्वाकांक्षाले नेपाल धेरैतिर ठगिएको छ । कुटनीतिक क्षेत्रमा कुटनीतिज्ञ खटेको हुँदैन । मानव तस्करहरू राजदूत बनाइन्छ । तीनको काम आफ्नै व्यापार बढाउने हुन्छ देशको गरिमा जोगिन्छ कसरी ? भारतमा घटेको दुःखद घटनाले पनि नेपाल सरकारको कुटनीति कस्तो छ छर्लङ्ग हुन्छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रवादी बन्न खोज्दा २०७७ सालमा नेपालको संसददेखि स्वीकार गरेको भारतसँग विवादित क्षेत्र लिपुलेक, कालापानी, लिम्पयाधुरा समेटिएको नक्साले अन्तर्राष्ट्रिय मान्यता पाएन । भारत र चीनले त्यही क्षेत्रलाई मान सरोबार तीर्थ यात्राको व्यापारी हव बनाउन सहमति गरे । तर राष्ट्रवादको नाउमा महाकाली भारतलाई सुम्पेका प्रधानमन्त्रीले थाहा पाएनन् । अहिले पनि नेपाल भारत सीमा सम्बन्धी विवाद २३ जिल्लाका ७२ स्थानमा छ । तर सरकार कुटनीतिक पहल गर्दैन । प्रधानमन्त्रीलाई यस पटक भारतीय समकक्षीले भ्रमणको निम्तो दिएनन् भन्ने चिन्ता छ । देशको भूगोल साँध सिमाना मिचिएकोमा चिन्ता छैन । ओलीकै गृहजिल्लामा पनि सीमा नाकाको विवाद हुँदा उनको चासो दिँदैनन् । बरु गिरिबन्धुको चिया बगान मासेर भूमाफियाको हितमा भूमिसम्बन्धी ऐन परिवर्तन गर्छन् । अख्तियारलाई मन्त्रीपरिषद्को नीतिगत निर्णय अनुसन्धान गर्ने अधिकार दिलाउन कञ्जुस्याई गर्छन् । चर्का कुरा गर्नेले कामको प्रकृति प्रति ख्याल गर्दैन । अख्तियारलाई दलीय सेन्डिकेटमा राख्नु त्यसको प्रमाण हो । महाकाली सन्धिमा नेपालको हित स्थापित गर्न नसक्ने नेकपा एमालेले अरु बेला राष्ट्रवादी बन्दा धेरैले उडाएकै हुन् । भारतले आफ्नो स्वार्थ पूरा ग¥यो तर सन्धि गर्दाको समयका सम्झौता लत्यायो । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा पनि आफ्नो कुरा स्पष्ट राख्न सकेको छैन । यसको मुल कारण नै देशको शासन सत्तामा भारतीय दलालहरूको बर्चश्व बढ्नु हो । सीमा अतिक्रमणका बारेमा सुस्ताका जनताको मतले सांसद भएका हृदयेश त्रिपाठी बोल्दैनन् । महन्त ठाकुर, राजेन्द्र महतो जस्ता मधेशका महन्तले त बोल्ने कुरा भएन । किनकि तिनको आश्रय स्थल नै भारत हो । उनीहरू भारतीय नागरिकलाई नेपाली बताएर हरेक पटक चुनाव जिज्न खोज्ने अंगीकृत नागरिक हुन् । जो नेपालको प्रधानमन्त्री बन्न पाउँदैनन् । तर कुरा चर्का तिनै हुन्छन् । जातीय भड्कावमा प्रवेश गरेका लोसपाका विद्रोही नेता राजेन्द्र महतोलाई ताप्लेजुङबाट हालै खेदिएको छ ।
पञ्चशिलको सिद्धान्तका आधारमा चलेको परराष्ट्र सम्बन्ध छिमेकीसँग समदुरीमा चल्छ । नेपालले त्यो नीतिलाई अवलम्ब्न गर्छ । तर भारतकै कारण भुटानले खेदेका नेपाली भाषीहरू वर्षौ यो मुलुकमा बसे आफैं १५ हजार भन्दा बढी छन् । नेपालले भारतमार्फत् भुटानी राजालाई आफ्ना नागरिक फिर्ता लगिदिन दबाव गर्न सकेन । त्यसको मुल कारण नै नेपालका नेता लोभी पापी छन् भ्रष्ट छन् यिनले मौका पाउँदा परिवार आफन्तको मात्र हित गर्छन् । भ्रष्टाचार गर्छन् भन्ने हो राज्यश्रोतबाट मस्ती उनै गर्छन् । पार्टीमा गुट बनाएर स्वार्थ सिद्धि गर्छन् । जनताको काम गर्दैनन् । बिचौलिया र मािफयाको हितमा कानुन बदल्छन् । तस्कर भूमाफियालाई काखी च्याप्छन् भन्ने कुरा प्रमाणित हुनु हो । सरकारले जनतासँग जोडिएका विषयमा ध्यान दिँदैन । आफ्नै क्याविनेटको मन्त्री सार्वजनिक सम्पत्ति लुट्छ प्रधानमन्त्रीले आफ्नो पद जोगाउन त्यो मन्त्रीलाई बर्खास्त गर्न सक्दैनन् । दिपक खड्का त उदाहरण मात्र हुन् त्यो पनि काँग्रेस बनेर जनता ठगेकै छन् । राष्ट्रवादको नाममा प्रधानमन्त्री ओलीका कुरा अब सकिए । उनले पार्टी पनि सिध्याए, नेपालको कम्युनिष्ट आन्दोलन पनि समाप्त बनाए । कुटनीतिक क्षेत्र तहस नहस बनाए । अर्थतन्त्रलाई चलायमान हुन दिएनन् । राजश्व माफियाकै हितमा कम गरेका छन् । राष्ट्र र जनताको पक्षमा उनी छैनन् ।


सम्बन्धित समाचार