Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुटपिटबाट एक जनाको मृत्यु

सर्लाही । हरिपुर्वा नगरपालिका-८ बस्तपुर बस्ने ४३ वर्षीया सैदुल खातुनको कुटपिटबाट सोमबार मृत्यु भएको छ । खातुनलाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बच्चाहरुबीच झै झगडा भएको विषयलाई लिएर सोही ठाउँ बस्ने ५२ वर्षीय खोधदी अन्सरी सहित सम्पुर्ण परिवारहरुले खातुनलाई कुटपिट गर्दा गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार पश्चात थप उपचारको लागि जानकी अस्पताल जनकपुरतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार