Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुटपिटबाट मृत्यु

मोरङ । कानेपोखरी गाउँपालिका(१ होक्लाबारी बस्ने आफ्नै दिदी ५५ वर्षीया सिता सोरेनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय बिजय किस्कु र ३२ वर्षीय बीरेन्द्र किस्कुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले जग्गाको बिषयमा बादबिवाद भई दिदी सितालाई कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।