Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ आजदेखि

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १० हजार १ सय १४ जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाउने छन् ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार