Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुनै पनि बेला सत्याग्रह सुरु गर्ने डा गोविन्द केसीको चेतावनी

काठमाडौं । डा गोविन्द केसीले आफूहरुसँग गरिएका सहमति कार्यान्वयन नभए कुनै पनि बेला असनस सुरु हुनसक्ने चेतावनी दिएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रहसहितका शसक्त आन्दोलन गर्न बाध्य हुने सरकारलाई चेतावनी दिएका छन्। साथै उनले शिर्ष नेताहरु नेपालीको सम्पर्कबाहिर रहेको भन्दै उनीहरुको माफियाहरुसँग उठबस भइरहेको बताएका छन् । प्रचण्ड, देउवा र ओलीहरु दशकौंदेखि आमनेपालीहरुको सम्पर्कबाट बाहिर छन्, उनीहरुको उठबस भनेको माफिया, दलाल, बिचौलिया, भ्रष्ट र अपराधीहरुसँग छ। उनीहरूसँगको सहअस्तित्वमा नै उनीहरू कुर्सीमा टिकेर बस्न सफल भएका छन्, केसीले विज्ञप्तीमा भनेका छन्, यी त्रिमूर्ति मात्र होईन दलका अरु गुटका तथा अरु दलका नेताहरु माफिया आधारित राजनीति गर्छन र संसदमा पनि यीनै अपराधीहरूको बाहुल्यता छ। भ्रष्ट र अपराधीहरुले शासन गरेको मुलुकमा दण्डहीनता र अराजकता संस्थागत हुनु स्वाभाविक हो। यीनै नेताहरूको प्रश्रयमा माफियाले पदाधिकारी र अभियन्ताहरुलाई बारम्बार धम्की दिइराखेका छन्। उनले थप भनेका छन्, यदि यी क्रियाकलापहरु बन्द गरेर हाम्रा मागहरु पुरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रह सहितका शसक्त आन्दोलन गर्न बाध्य हुने छौं भन्ने चेतावनी प्रचण्ड, उनका मन्त्रीहरु साथै सांसदहरूलाई पनि दिन चाहन्छौं। र बस्नु परेको खण्डमा दण्डहीनताको जडको रुपमा रहेको द्वन्द्व कालका मुद्दालाई पनि समावेस गरिनेछ।