Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुमारी बैंकको स्वामित्वमा रहेको नेपाल इन्सुरेन्सको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौं । कुमारी बैंकले नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको नाममा रहेको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
इच्छुक संस्थापक सेयरधनीले शुक्रवार फागुन २६ गतेबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाइ आवेदन दिनुपर्नेछ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने जानकारी दिईएको छ ।
सेयर मूल्य भने बिक्रेताले तोके बमोजिम हुने जनाईएको छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

 


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल