Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुलाएको छ।
बैंकले आजबाट विद्यमान संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता संस्थापक सेयर बिक्री गर्ने जानकारी दिएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापकहरुलाई नै दिनुपर्ने व्यवस्था छ।
तसर्थ सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।
आवेदन बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालयबाट पेश गर्न सकिने बैंकले जानकारी दिएको छ। सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने उल्लेख छ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल