Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुमारी बैंकद्वारा विद्यालयलाई कम्युटर र छात्रवृत्ति

काठमाडौं । कुमारी बैंकले काठमाडौं महानगरपालिका–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयलाई ५ थान कम्युटर सहयोग प्रदान गरेको छ । बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्‍याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई कम्प्युटर तथा कक्षा ९ का जेहेन्दर विद्यार्थी तुलसी राम चन्दलाई छात्रवृत्रि रकम प्रदान गरेको हो ।
कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई कम्युटर हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको बैंकले देशभर रहेका ११२ शाखा संजाल, १०० एटीएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।