Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले असोज ८ गते नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको हो।
ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ। जस बापत बैंकले वार्षिक १० प्रतिशत ब्याज दिनेछ।
निष्कासन हुने ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र मात्रै सर्वसाधारणका लागि बिक्री खुला हुनेछ। बाँकी ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल